रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी
आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
काठमाडौं, असार १ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन्।
आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरिकन उनले सरकारमा बस्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेतिथि फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेतिथि रोक्ने काम त गर्यौं,’ उनले भने, ‘हाम्रो नेतृत्व पश्चात बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो। नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ।’
सभापति लामिछानेले रास्वपाका मन्त्रीहरुले सरकारमा रहेर कुनै खराब काम गरेको दाबी गरेका छन्। उनले मन्त्री बन्नका लागि सरकारमा नगएको चर्चा गरे।
‘हामी धेरै तामझामममा विश्वास गर्दैनौं, हामी आम जनताबाट निस्किएका मान्छे हौं हामी कुनै अर्को ग्रहबाट आएका होइनौं, हामी तपाईंहरुकै बीचमा नै छौं र कुनैपनि बेला हामी त्यही ठाउँमा पुग्न पनि सक्छौं,’ उलने भने, ‘मन्त्रीको पद कुनै ठूलो कुरा होइन। हामी एउटा उद्देश्य बोकेर गएका छौं, केही गर्न सकिन्छ भन्ने आँटका साथ गएका छौं।’
सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरुमा असल कार्यहरुलाई निरन्तरता दिने कोशिस गर्ने उनको भनाई छ।
सरुवा बढुवाको काम वैज्ञानिक तरिकाले नै भएको भन्दै त्यसपछि आउने पुस्ताको प्रहरी र संगठनले कुनै नेताको हात होइन, भ्रष्टाचारी समाउने उनले बताए।
‘गृह मन्त्रालयमा एक रुपैयाँ पनि कसैले सोच्ने अवसर दिएको छैन। हरेक मान्छेलाई वैज्ञानिक तरिकाले सारिएको छ । संगठनको इज्जत राख्ने तरिकाले काम भएको छ। सरुवा बढुवालाई अटोमेशनमा लिएर जानको लागि समिति बनेको छ,’ उलने भने, ‘अब त्यो समितिले दिएको प्रतिवेदनको आधारमा काम हुनेछ र प्रहरीलाई देशको प्रहरी बनाउने छौं। अब आउने पुस्ताको प्रहरीले हामीले सुधार गर्दै लगेको संगठनले कुनै नेताको हात होईन, भ्रष्टाचारी समाउने छ।’
उनले एउटा चुनाव, कार्यकाल र पदका लागि होइन, लामो यात्राको लागि जोडिएको भन्दै विचलित नभइ अगाडि बढ्नु पर्ने पनि बताए।