आफ्नै कोठामा बेहोस भेटिएका दम्पत्तिको मृत्यु
ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको हो।
काठमाडौं, असार १ : अर्धचेत अवस्थामा जावलाखेलमा भेटिएका दम्पतीको मृत्यु भएको छ।
ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको हो। उनी स्थायी घर सिन्धुपाल्चोक भएको प्रहरीले जनाएको छ।
उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका थिए।
उनीहरुलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो, तर, ९ः२७ र्मै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
प्रकाशित मिति: १०:५६ बजे, शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











