Kathmandu Press

‘विकास र राजनीतिलाई सँगै लैजानुपर्छ’

उपाध्यक्ष पौडेलले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, संगठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताए। उनले जनताका सुखदुःखसँग र समस्यासँग जोडिएको राजनीति गर्नुपर्नेमा जोड र्दिए।
‘विकास र राजनीतिलाई सँगै लैजानुपर्छ’

रुपन्देही, जेठ ३२ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन्।

एमाले रुपन्देहीको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा ९एमाले०का सबै नेता तथा कार्यकता विकाससँग जोडिनुपर्ने बताए।

Hardik ivf

अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेको बताउँदै सशक्त पार्टी निर्माण हुने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘अब पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ।’

पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी रुपमा परिचालन गरी हरेक विकास निर्माणमा निगरानी र खबरदारी गर्न आग्रह गरे।

उपाध्यक्ष पौडेलले नयाँ नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, संगठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी थपिएको बताए। उनले जनताका सुखदुःखसँग र समस्यासँग जोडिएको राजनीति गर्नुपर्नेमा जोड र्दिए।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिँदै राजनीतिमा क्रियाशील हुनुपर्ने बताए। उनले नेता र जनप्रतिनिधिबीच तालमेल नहुँदा धेरै कामको उठान नभएकाले पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबीच तालमेल जरुरी रहेको बताए।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्