कलैयाकाे रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार
लागहासनमाईको मन्दिर अगाडि दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले उनलाई रोकेर पिठ्युँमा १ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
बारा, जेठ ३२ : कलैयाको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ।
अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहामाथि बाराको आदर्शकोतवाल गाउँपालिका–३ बतरामा गोली प्रहार गरेको हो।
गोली लागेर गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ।
लागहासनमाईको मन्दिर अगाडि दुई वटा मोटरसाईकलमा रहेका ४ जना व्यक्तिहरूले उनलाई रोकेर पिठ्युँमा १ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ। प्रहरीले घटनाको कारणबारे पनि अनुसन्धान थालेको छ।
प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार