Kathmandu Press

सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री

गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छेभित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए।
सिंहदरबार सबै आम नागरिकका लागि खुल्ला हुनेछ : गृहमन्त्री

काठमाडौं, जेठ ३२ : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन्।

शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छेभित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए।

Hardik ivf

‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो। आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो। अब सिंहदरबार छिर्न काम हुनु पर्छ। नागरिकता हुनुपर्छ। अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन,’ उनले भने, ‘आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो। पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ।’

यस्तै उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि बताए। गृह मन्त्रालय अन्तर्गतका निकायमा भोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पु¥याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्