Kathmandu Press

गण्डकीका उर्जमन्त्री देवकोटा सांसदबाट पदमुक्त

गण्डकी सभामुख कृष्ण धितालले प्रदेश सभाको शुक्रबार बसेको बैठकमा देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्।
गण्डकीका उर्जमन्त्री देवकोटा सांसदबाट पदमुक्त

काठमाडौं, जेठ ३२ : गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटालाई सांसदबाट पदमुक्त गरिएको छ । देवकोटा ऊर्जामन्त्री समेत छन्।

गण्डकी सभामुख कृष्ण धितालले प्रदेश सभाको शुक्रबार बसेको बैठकमा देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा विजयी भएका थिए।

Hardik ivf

माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको आरोपमा उनलाई पार्टीले पदमुक्त गरेको हो।

यता नेसपाले भने देवकोटालाई कारबाही गर्न नमिल्ने दाबी गर्दै आएको छ। नेसपाले संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताउँदै गत मंगलबार विज्ञप्ति निकालेको थियो।

 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्