यस्ता छन्, एक वर्षमा काठमाडौं महानगरका उपलब्धिहरू (पूर्णपाठ)
काठमाडौं महानगरपालिकाले एक लाख ८० हजार आठसय ७६ स्क्वायर फिट कालोपत्रे सडकमा भएको पार्किङ गरिएको स्थानमा खाली गरिएको जनाएको छ।
काठमाडौं, जेठ ३२ : काठमाडौं महानगरपालिकाले एक वर्षको अवधीमा अतिक्रमणमा परेको ३३ रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमणबाट हटाइ काठमाडौं महानगरपालिका मातहतमा ल्याएको जनाएको छ।
शुक्रबार नगर सभाको १५औं अधिवेशनमा काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गदर्शन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धीहरू सार्वजनिक गर्दै महानगरभित्र अतिक्रमणमा गरी बनाइएको तीन सय ५१ वटा संरचना हटाएर सर्वसाधारणको प्रयोगको लागि पार्क निर्माण भइरहेको जनाएको हो।
काठमाडौं महानगरपालिकाले एक लाख ८० हजार आठसय ७६ स्क्वायर फिट कालोपत्रे सडकमा भएको पार्किङ गरिएको स्थानमा खाली गरिएको जनाएको छ।
सडक अतिक्रमण गरेका, अव्यवस्थित र मापदण्ड विपरीत सञ्चालनमा रहेका २ सय ६० वटा वर्कसप हटाइएको समेत महानगरले जनाएको छ।
त्यस्तै, विना इजाजत साथै मापदण्ड विपरीत राखिएका २० हजार चारसय चारवटा सूचना बोर्ड हटाइ सहरी सौन्दर्यता कायम गरिएको महानगरले जनाएको छ।
अनधिकृत पार्किङ गरिएका १५ हजार सातसय ७१ वटा सवारीको व्यवस्थापन तथा नियन्त्रण र कारवाही गरिएको जनाउँदै महानगरले १५ करोड ७७ लाख ७५ हजार रुपैयाँ राजस्व प्राप्त भएको जनाएको छ।












