Kathmandu Press

‘गणतन्त्रप्राप्तिपछि देशले विकासमा फड्को मार्‍यो’

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा राउतले बताए।
‘गणतन्त्रप्राप्तिपछि देशले विकासमा फड्को मार्‍यो’

काठमाडौं, जेठ ३२ : जनमत पार्टीका अध्यक्ष डा सिके राउतले गणतन्त्रप्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन्।

राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकन गर्दै अध्यक्ष डा. राउतले गणतन्त्रपछिको उपलब्धिलाई  प्रदर्शित तस्बिरले चित्रित गरेको बताए,

Hardik ivf

‘गणतन्त्रप्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैमा महत्वपूर्ण छ। यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘गणतन्त्र आइसकेपछि यसका बारेमा नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भास्यहरु सिर्जना गर्ने काम भइरहेका छन्।’

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा राउतले बताए।

‘विगतमा दुर्गम क्षेत्रसम्म सडक सञ्जाल पुगेको थिएन। नागरिकहरु कुनाकाप्चामा छरपष्ट रुपमा बसेका थिए। सडकले नागरिकको सम्बन्धलाई जोडेको छ,’ उनले भने, ‘भौतिक पूर्वाधारहरु थपिँदै गएका छन्, प्रादेशिक गौरवका योजना पनि बने । यी सबै यस अगाडिको शासनकालमा बन्न सकेका थिएनन्।’

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्