Kathmandu Press

‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

सांसद कृष्णप्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस जगतले नेपालको सडक थामेको उल्लेख गर्दै विधेयकले पत्रकारिता क्षेत्रलाई बाँध्न नहुने बताए।
‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

काठमाडौं, जेठ ३२ : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार ‘मिडिया काउन्सिल विधेयक २०८०’माथि विज्ञहरूसहित छलफल भएको छ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा सांसदहरुले मिडिया काउन्सिललाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

Hardik ivf

छलफलमा सहभागी हुँदै सांसद कृष्णप्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस जगतले नेपालको सडक थामेको उल्लेख गर्दै विधेयकले पत्रकारिता क्षेत्रलाई बाँध्न नहुने बताए।

‘०६२/६३को आन्दोलनदेखि त्यसबेलादेखि प्रेसले सडक थामेकै हो। जसले जस्तो भूमिका भएपनि प्रेसको अगुवाई थियो । संविधान निर्माण गर्ने बेला पनि प्रेस स्वतन्त्रता लेख्ने हो कि पूर्ण प्रेस स्वतन्त्रता लेख्ने भन्ने विषयमा विवाद भएको थियो,’ उनले भने, ‘तर, त्यस्तो साहस अहिलेको पत्रकारितामा छैन। विधेयकले पनि पत्रकारितालाई बाँध्न हुँदैन।’

छलफलमा सांसदहरुले प्रेस जगत राज्यको चौथो अंग भएकाले यसले राजनीतिलाई बाटो देखाउनुपर्नेमा जोड दिए।  

सांसदहरुले विधेयकको सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने, काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्ने र अन्य निकायले सरकारले नियमन गर्न नहुने भन्नु विरोधाभाष भएको समेत उल्लेख गरे।

 

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्