धितोपत्र बोर्डको अध्यक्ष नियुक्तका लागि पैसा चलखेलको दाबीसहित अख्तियारमा उजुरी
समितिमा योजनाबद्ध रुपमा स्वार्थसम्बद्ध व्यक्तिलाई राखिएको दाबी गरिएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रकरणमा ५ अर्ब बराबरको भ्रष्टाचार हुन लागेको दाबी समेत उजुरीमा छ।
काठमाडौं, जेठ ३२ : नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पैसाको चलखेल भएको बताउँदै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
अर्थ मन्त्रालयद्वारा गठित समितिमा चलखेल गर्दै विज्ञ सदस्यका रूपमा योग्यता नपुगेका व्यक्ति घुसाइएको दाबीसहित अख्तियारमा उजुरी परेको हो।
समितिमा योजनाबद्ध रुपमा स्वार्थसम्बद्ध व्यक्तिलाई राखिएको दाबी गरिएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रकरणमा ५ अर्ब बराबरको भ्रष्टाचार हुन लागेको दाबी समेत उजुरीमा छ।
बोर्डमा भएको पैसाको चलखेलमा छानविन गरी कारवाहीको माग राखेर ‘सी–०७९२६८’ नम्बरको उजुरी दर्ता भएको हो।
प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, जेठ ३२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार