Kathmandu Press

४२ जिल्ला न्यायाधीशका लागि परीक्षा, १२ जना मात्र उत्तीर्ण

लिखित परीक्षामा २०३ जना सहभागी भएका थिए । यस्तै, न्याय सेवामा कार्यरत कर्मचारीहरुका लागि मात्रै सीमित गरिएको २१ सिटमा ४ जनाले मात्रै लिखित परीक्षामा नाम निकालेका छन्।
४२ जिल्ला न्यायाधीशका लागि परीक्षा, १२ जना मात्र उत्तीर्ण

काठमाडौं, जेठ ३२ : खुला प्रतिस्पर्धाबाट ४२ जना जिल्ला न्यायाधीश माग गरिएको लिखित परीक्षामा केबल १२ जना मात्र उत्तीर्ण भएका छन्।

जिल्ला न्यायाधीश छनोटका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा एक दर्जन मात्र उत्तीर्ण भएका हुन्।

Hardik ivf

लिखित परीक्षामा २०३ जना सहभागी भएका थिए । यस्तै, न्याय सेवामा कार्यरत कर्मचारीहरुका लागि मात्रै सीमित गरिएको २१ सिटमा ४ जनाले मात्रै लिखित परीक्षामा नाम निकालेका छन्।

खुला प्रतिस्पर्धाका लागि छुट्याइएको १२ सिटमा ७ जना मात्र उत्तीर्ण भएका छन्। आदिवासी जनजातिको कोटामा २ जनाको सिट रहेकोमा एकजना उत्तीर्ण भएका छन् भने महिला, मधेशी, दलित र अपाङ्ग कोटामा कोही पनि पास भएका छैनन्।

तोकिएको सिटभन्दा धेरै कम परीक्षार्थी लिखितमा उत्तीर्ण भएकाले अन्तर्वार्ताबाट पनि छनोट हुने संभावना बढेको छ । खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेका जिल्ला न्यायाधीशका बाँकी पदमा अब न्यायपरिषदले सरकारी कर्मचारीबाटै पदपूर्ति गर्ने छ।

गतवर्ष भदौमा लोकसेवा आयोगले लिएको जिल्ला न्यायाधीशको परीक्षामा २९ सिटमध्ये एकजना मात्र उत्तीर्ण भएका थिए । त्यतिबेला पनि पदपूर्ति हुन नसकेका बाँकी सिटमा न्याय सेवाका कर्मचारीलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको थियो।

प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्