Kathmandu Press

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

फिस्लिङ दुर्घटना : उपचारका क्रममा चालकको मृत्यु

चितवन, जेठ ३२ : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको थियो। दुर्घटना परी १३ जना घाइते भएका छन्।

घाइते तीन जनाको अवस्था गम्भीर छ। चार जना उपचारपश्चात् घर फर्किएको प्रहरीले जनाएको छ। कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको थियो।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्