Kathmandu Press

संघीय संसद्का कर्मचारी आन्दोलनमा

संसद्का कर्मचारीले ११ बुँदे माग राखेर शुक्रबार सिंहदरबारभित्र एक घण्टा उभिएर आन्दोलन गरे।
संघीय संसद्का कर्मचारी आन्दोलनमा

काठमाडौं, जेठ ३२ : अतिरिक्त भत्ताको माग गर्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

संसद्का कर्मचारीले ११ बुँदे माग राखेर शुक्रबार सिंहदरबारभित्र एक घण्टा उभिएर आन्दोलन गरे।

Hardik ivf

कर्मचारी युनियनको अगुवाइमा आन्दोलनमा उत्रेका उनीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । कर्मचारीले माग सम्बोधन नभए असार २ गते थप आन्दोलन कार्यक्रम घोषणा गर्ने बताएका छन्।

कोरोना महामारीको अवधिदेखि तलबभत्ता वृद्धि नभएको गुनासो गर्दै संघीय संसदका कर्मचतारीले यतिबेला अतिरिक्त कामको मात्र भत्ता मागेको बताएका छन्।

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्