Kathmandu Press

प्रतिनिधि सभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने 

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। 
प्रतिनिधि सभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी रहने 

काठमाडौं, जेठ ३२ : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।  

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको मन्त्रालयगत छलफलले आज पनि निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ ।  

Hardik ivf

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। 

बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र नेमकिपाका सांसद प्रेम सुवालले ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’’भनी खर्च कटौतीको प्रस्ताव गर्नेछन् । 

यसैगरी सांसद नागिना यादवले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दा अर्का सांसद तेजुलाल चौधरीले खानेपानी मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नेछन् । 

सांसद मैना कार्की र रोशन कार्कीले पनि ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संचार तथा सूचना प्रविधि मन्त्रालयका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, सांसद द्वय डा.धवलशमशेर जगबहादुर राणा र राजेन्द्र बजगाँईले ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 
 

प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, जेठ ३२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्