‘हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ’
‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ,’ मन्त्री बस्नेतले भने।
काठमाडौं, जेठ ३१ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले आज यहाँ आयोजना गरेको सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ,’ मन्त्री बस्नेतले भने।
उनले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताए।
सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पारे।












