नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको तयारी पूरा
नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडाैं महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो।काठमाडौं, जेठ ३१ : नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ। एक्स्पाे जेठ ३२ र असार १ गते सञ्चालन हुनेछ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना हुन गइरहको नेपाल इन्टरनेसनम टुरिजम एक्स्पोको तयारी पूरा भएको जानकारी गराइएको हो।
नेपालको पर्यटन अन्तराष्ट्रिय बजारमा प्रर्द्धन गर्ने उद्देश्यले समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, काठमाडाैं महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो।
एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ। यस्तै, एक्सपोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ।
एक्स्पोमा एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) रहेको छ। हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स छन्।
यस्तै, डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन्।