Kathmandu Press

‘भूकम्प प्रभावित जिल्लाहरुलाई सरकारले चासो दिएन’

बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँचवटा भूकम्प प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरिएको भएपनि पुनर्निर्माणमा ढिलाई भएको बताएका हुन्।
‘भूकम्प प्रभावित जिल्लाहरुलाई सरकारले चासो दिएन’

काठमाडौं, जेठ ३१ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँचवटा भूकम्प प्रभावित जिल्लाहरुलाई संकटग्रस्त घोषणा गरिएको भएपनि पुनर्निर्माणमा ढिलाई भएको बताएका हुन्।

Hardik ivf

‘पाँचवटा भूकम्प गएका जिल्लाहरु संकटग्रस्त जिल्ला घोषणा भएका छन्। कर्णालीका जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुदूरपश्चिमका डोटी र बझाङ गरि पाँच भूकम्प प्रभावित जिल्लालाई संकटग्रस्त जिल्ला भनिएको छ,’ उनले भने, ‘तर, राज्यले त्यो अनुसारको पुनर्निर्माण गर्न सकेको छैन जस्तो लाग्छ। त्यहाँका नागरिकहरु आधा भत्किएको घरमा पनि बस्न बाध्य छन्।’

आधा भत्किएको घरमा बसिरहेका परिवारले पुनर्निर्माणका लागि पाँच लाख दिनेबेला मात्र घर भत्काउने अडान लिइरहेको उल्लेख गर्दै सरकारल छिटो रकम भुत्तानी गर्नुपर्ने बताए।

प्रकाशित मिति: १९:३६ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्