Kathmandu Press

कोशी सरकारविरुद्धको रिट ‘होर्दाहेर्दै’मा

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो। सो मुद्दाका पेशी असार ९ गतेका लागि तोकिएको छ।
कोशी सरकारविरुद्धको रिट ‘होर्दाहेर्दै’मा

काठमाडौं, जेठ ३१ : कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको सो रिटमा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई भएको थियो।

Hardik ivf

न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले बिहीबारको सुनुवाइपछि रिटलाई हेर्दाहेर्दैमा राखेको हो। सो मुद्दाका पेशी असार ९ गतेका लागि तोकिएको छ।

बिहीबार केदार कार्कीको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्री कार्की, यदु खनाल, ललित बस्नेत, अपूर्व खतिवडालगायतले बहस गरेका थिए।

पूर्ण इजलासले दुवै तर्फका कानुन व्यवसायीलाई बहस नोट बुझाउन पनि आदेश दिएको बताइएको छ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने दाबी सहित सर्वोच्च अदालत पुगेका हुन्।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्