जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै मृत भेटिइन् महिला प्रहरी
प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएकी हुन्। उनी कार्यालयको महिला तथा बालबालिका सेलभित्र मृत भेटिएकी हुन्।
सिराह, जेठ ३१ : जिल्ला प्रहरी कार्यालय सिरहा एक महिला प्रहरी जवान मृत भेटिएकी छन्।
प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएकी हुन्। उनी कार्यालयको महिला तथा बालबालिका सेलभित्र मृत भेटिएकी हुन्।
मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने बताइएको छ।
प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार