Kathmandu Press

देशका लागि आवश्यक मुद्दाहरुमा सहमति आवश्यक छ : परराष्टमन्त्री

उनले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्नुपर्ने भन्दै त्यसको लागि पनि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए।
देशका लागि आवश्यक मुद्दाहरुमा सहमति आवश्यक छ : परराष्टमन्त्री

काठमाडौं, जेठ ३१ : परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि आवश्यक न्यूनतम मुद्दाहरुमा सहमति कायम गर्नुपर्ने बताएका छन्।

डीआर पौडेलको पाँचौ स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास नहुने भन्दै राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए।

Hardik ivf

‘एक अर्काको विरोध गर्ने प्रवृत्तिले देश विकास हुँदैन, न्यूनतम सहमति कायम गरौं मेरो सबैलाई अपील छ। कम्तीमा राष्ट्रियताको सवालमा परराष्ट्र नीति, सम्बन्ध र सेवाका बारेमा राष्ट्रिय सहमति कायम गरौं,’ उनले भने, ‘नेपालको विकास र समृद्धि आजको प्रमुख कार्यभार हो भने त्यसको लागि आवश्यक न्यूनतम मुद्दाहरुमा सहमति कायम गरे मात्र देश बन्छ।’

उनले शान्ति प्रक्रियाको बाँकी कार्यभारलाई पूरा गरेर दिगो शान्ति स्थापित गर्नुपर्ने भन्दै त्यसको लागि पनि राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए।

‘हामीले संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी छ, अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको कामहरु पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा पूरा गर्न जरुरी छ,’ उनले भने।

भूराजनीतिक संवेदनशीलताका चुनौतीहरुको बीचमा सम्भावना समातेर अगाडि बढ्नु पनि आजको राष्ट्रिय कार्यभार भएको पनि उनको भनाइ छ।

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्