Kathmandu Press

‘आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्छ’

मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए।
‘आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्छ’

काठमाडौं, जेठ ३१ : प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्ने भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिसभाको बैठकअन्तर्गत विभिन्न मन्त्रालयगत विनियोजन विधेयक, २०८१ माथि भएको छलफलमा उनले आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरे।

Hardik ivf

औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्नुपर्ने सांसद केसीले बताए। ‘गत वर्षभन्दा करिब एक प्रतिशत औद्योगिक उत्पादन कम भएको छ, निजी क्षेत्र निराश छ। उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘आयात प्रतिस्थापन र निर्यात वृद्धिमा गम्भीर हुन नसकेमा राष्ट्रिय अर्थतन्त्र संकटमा पर्छ।’

सांसद केसीले ४५ प्रतिशत वनजंगलले ओगटे पनि १८ अर्ब मूल्य बराबरको फर्निचर आयात भइरहेकाले यसलाई रोक्न पहल गर्नुपर्ने बताए। मुलुकको अर्थतन्त्र विकासका लागि कृषि प्रमुख क्षेत्र रहे पनि मल नपाउँदा बर्सेनि किसानहरू समस्यामा परेकाले आवश्यकताअनुसार मल आपूर्ति गर्न उनले सुझाव दिए।

डोजर आतंकका कारण प्राकृतिक विपत्ति निम्तिन सक्ने भएकाले सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए। भूमि व्यवस्थापनबारे सरकारले गम्भीर रूपमा छलफल अगाडि बढाउनुपर्ने सांसद केसीले बताए

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्