जसपा नेपालको मतदान प्रक्रिया स्थगित, सहमतिबाट पदाधिकारी चयन हुने
सहमतिबाट नेतृत्वको नाम टुंग्याउने जिम्मा महाधिवेशन प्रतिनिधिले अध्यक्ष यादवलाई दिएका छन्। यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने बताइएको छ।
काठमाडौं, जेठ ३१ : जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि तय भएको मतदान प्रक्रिया स्थगित गरिएको छ।
बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थगित गर्दै सहमतिबाट चयन गर्ने निर्णय भएको हो।
सहमतिबाट नेतृत्वको नाम टुंग्याउने जिम्मा महाधिवेशन प्रतिनिधिले अध्यक्ष यादवलाई दिएका छन्। यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने बताइएको छ।
अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गरी नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गर्ने तयारी छ।
अध्यक्षमा यादव निर्विरोध चुनिएका थिए। जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुने छ।
अध्यक्ष यावदले मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुने भएको बताउँदै पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्र्नुेपर्ने अवस्यकता रहेको भनाई राखेका छन्।