‘सूचनाको हकको प्रत्याभूति गराउन सरकार सक्रिय छ’
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै मन्त्री शर्माले सूचनाको हक कार्यान्वयनको सवालमा मन्त्रालयले विभिन्न छ क्षेत्रमा काम गरिरहेको बताएकी हुन्।-1717166673.jpg)
काठमाडौं, जेठ ३१ : संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकलाई सूचनाको हक प्रत्याभूत गराउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले सिमित स्रोत एव साधनका बाबजुद काम गरिरहेको बताएकी छिन्।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सहभागी हुँदै मन्त्री शर्माले सूचनाको हक कार्यान्वयनको सवालमा मन्त्रालयले विभिन्न छ क्षेत्रमा काम गरिरहेको बताएकी हुन्।
‘संविधानले उल्लेख गरेको सूचनाको हक नागरिकलाई प्रत्याभुत गराउन राष्ट्रिय सूचना आयोगले सिमित स्रोत र साधनका बाबजुद काम गररहेको छ । सूचना आयोगको सम्पर्क मन्त्रालय सञ्चार मन्त्रालय हो। सूचना आयोगबाट भएका सबै कामका विषयमा हामी सबै जानकार नै रहेका छौं,’ उनले भनिन्, ‘सूचनाको हक कार्यान्वयनको सवालमा हामीले छ वटा क्षेत्रमा रहेर काम गर्ने गरेका छौं।’
उनले सूचनाको हक सम्बन्धि नीति तथा ऐन, कानूनको निर्माण, परिमार्जनमा सहजीकरण गर्ने, सूचनको हक सम्बन्धि ऐन र कानूनको कार्यान्वयनका लागि विभिन्न मातहतका निकाय र मन्त्रालयसँग समन्य गर्ने, सूचना सहज बनाउन नियमित रुपमा प्रसारण तथा प्रसारण गर्ने, नागरिकसामु सूचनाको सहज पहुँचका लागि सञ्चार माध्यमको विकास र विस्तार गर्दै लैजाने काम मन्त्रालयले गरेको बताइन्।
मन्त्रालयले संविधानले प्रत्याभूत गरेको सूचनाको हक कार्यान्वयनका लागि विभिन्न निकायसँग छलफल समेत गरिरहेको बताइन्। उनले नागरिकका हकको गुनासो सम्बोधन गर्दा राज्यलाई पनि फाइदा हुने महसुस गरेको बताइन्।












