लघुवित्त पीडितद्वारा देशव्यापी आन्दोलनको घोषणा
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि देशव्यापी आन्दोलन गरिने बताए।-1718270561.jpg)
काठमाडौं, जेठ ३१ : लघुवित्त पीडितहरुले आगामी असार १६ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै वित्तीय संस्थाहरू विरुद्ध अन्दोलनको घोषणा गरिएको हो।
पीडितहरुले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति गठन गरेका छन्। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि देशव्यापी आन्दोलन गरिने बताए।
वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्न बाध्य भएको ज्ञवालीको भनाई थियो। समितले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरेको छ।
समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन सरकारलाई चेतावनी समेत दिएको छ।
प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












