संखुवासभामा पहिरोले ३ घर बगायो, एक जना घाइते
अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको हाे। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।
संखुवासभा, जेठ ३१ : खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ।
अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको हाे। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।
पहिरोले घर बगाएर विस्थापित भएपछि उनीहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन्।
खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए। चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार