कोशी सरकार विवादमा सर्वोच्चको पूर्ण इजलासमा बहश सुरु
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाई सुरु भएको हो। कोशी प्रदेश विवादमा विहीबार अन्तिम फैसलाका लागि सुनुवाई शुरु भएको हो।
काठमाडौं, जेठ ३१ : कोशी प्रदेश सरकार गठन विवादलाई लिएर दायर भएको रिट निवेदनमा सुनुवाई सुरु भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाई सुरु भएको हो। कोशी प्रदेश विवादमा विहीबार अन्तिम फैसलाका लागि सुनुवाई शुरु भएको हो।
उक्त विवादलाई यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो। कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने दाबी सहित सर्वोच्च अदालत पुगेका हुन्।
हाल कोशीमा केदार कार्कीलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाइएको छ। अहिले रिट निवेदक केदार कार्कीका कानुन व्यवसायीहरूले पूर्ण इजलासमा बहस गररहेका छन्। केदार कार्कीका कानुनव्यवसायीको बहस सकिएपछि सरकारी वकिल बहस गर्ने तयारीमा छन् ।
सरकारी पक्षपछि मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट बहस हुनेछ त्यसपछि रिट निवेदकका कानुनव्यवसायीले जवाफ दिएपछि कोशी विवादमा सर्वोच्चले निकास दिने छ। सर्वोच्चको पूर्ण इजलास पक्ष विपक्षको वहश सकाएर सकेसम्म आजै निर्णय दिने तयारीमा छ।
सर्वोच्चले केदार काकीलार्ई मुख्य मन्त्रीमा फर्काउने वा हिक्मत कार्कीलाई नै निरन्तरता दिने भनेर एउटा निर्णय दिने छ।












