Kathmandu Press

प्राकृतिक विपद् न्यूनीकरण गर्न र अन्धाधुन्ध विनाश रोक्न सांसदहरुको माग

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष्ण यादव र नेकपा एमालेका सांसद योगेश भट्टराई लगायतले विपद् व्यवस्थापन र पूर्वतयारीबारे संसदमा ध्यानाकर्षण गराएका हुन्।
प्राकृतिक विपद् न्यूनीकरण गर्न र अन्धाधुन्ध विनाश रोक्न सांसदहरुको माग

काठमाडौं, जेठ ३१ : सांसदहरुले मनसुनजन्य विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले अन्धाधुन्ध तवरले भएका विनाश नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसकै सांसद रामकृष्ण यादव र नेकपा एमालेका सांसद योगेश भट्टराई लगायतले विपद् व्यवस्थापन र पूर्वतयारीबारे संसदमा ध्यानाकर्षण गराएका हुन्।

महामन्त्री शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरणसम्बन्धि संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्नुपर्ने बताए।

Hardik ivf

उनले वर्षा याममा बाढी पहिरो, आपत्कालीन बैठक र दलहरुको वक्तव्यसँगै संसदमा सांसदहरुको ध्यानाकर्षण गराएको तीन दृश्य देखिने गरेको उल्लेख गर्दै ध्यानाकर्षणका लागि बाढी नकुर्न आग्रह गरे।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे। उनले जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गरे।

भूगर्भविद्हरुले औंल्याएका पहिरोको जोखिम बस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न आग्रह गरे।
‘वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ। पहिलो बाढी पहिरो, दोस्रो आपतकालिन बैठकहरु, तेस्रो दलहरुको वक्तव्य अनि संसदमा सांसदहरुको ध्यानाकर्षण। यसपालि दृश्य बदलौँ। ध्यानाकर्षणका लागि बाढी नकुरौं,’ उनले भने।

यस्तै उनले बाढीपछि बैठक बस्ने प्रवृति छोडेर उद्धारमा जुट्नुपर्नेमा जोड दिएका छन्। जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोगका कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको बताएका शर्माले बाढी पहिरोको जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गरे।

‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने।

यस्तै, कांग्रेस सांसद रामकृष्ण यादवले पनि मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरे।

प्रतिनिधिसभाको शून्य समयमा बोलेका एमाले सांसद योगेश भट्टराईले सरकारको मनसुनको पूर्वतयारी नै अपुरो भएको बताए।

जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाँदा  त्यसको असर आममानिसमा परिरहेको बताए। भट्टराईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सरकारले दिएको बजेट कम भएको धारणा राखे। 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्