Kathmandu Press

सामूदायिक विद्यालयका सटर बन्द नगर्न महानगरलाई उच्च अदालतको आदेश

उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सामूदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न ७ असारसम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो।
सामूदायिक विद्यालयका सटर बन्द नगर्न महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं, जेठ ३१ : उच्च अदालत पाटनले सामूदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न काठमाडौं महानगरपालिकालाई अल्पकालिन अन्तरिम आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले सामूदायिक विद्यालयबाट भाडामा लिएका सटरहरुलाई बन्द नगर्न ७ असारसम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको हो।

Hardik ivf

उच्च अदालतले सामूदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु तत्कालका लागि बन्द नगर्न भनेको छ।

शैक्षिक कामकारवाहीका लागि उपयोग हुनुपर्ने ठाँउमा सटरहरु भाडामा लगाएको भन्दै विद्यालयले भाडामा लगाएका सटरहरु बन्द गराइएको थियो। सटरहरुमा ताला लगाएपछि व्यवसायीहरुले उच्च अदालतमा रिट निवेदन दिएका थिए।

महानगरको निर्देशन अनुरुप नगर प्रहरीले व्यवसायीहरुका सटरमा ताला लगाएको थियो । अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने बिषयमा असार ७ गते पक्षविपक्षविचको छलफलपछि टुंगो लाग्ने छ।

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्