न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक
न्यायाधीश नियुक्तिलगायत विभिन्न एजेण्डामा छलफलका लागि बिहीबार दिउँसो परिषद बैठक बस्ने तयारी भएको छ।
काठमाडौं, जेठ ३१ : प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय परिषद् बैठक डाकेका छन्।
न्यायाधीश नियुक्तिलगायत विभिन्न एजेण्डामा छलफलका लागि बिहीबार दिउँसो परिषद बैठक बस्ने तयारी भएको छ।
बैठकले सर्वोच्चमा चार रिक्त न्यायाधीश नियुक्तिका लागि आवश्यक छलफल गरेर सिफारिसको टुंगो लगाउने तयारी छ।
जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले लिएको नतिजा आइसकेको र न्याय सेवा आयोगले अनुमोदन गरिसकेकाले परिषद्ले पनि अनुमोदनको निर्णय गर्ने तयारी छ।
प्रकाशित मिति: १३:१० बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












