किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रमुख सचेतक परियारले सरकार मलको अभाव छैन भन्ने, तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको भन्दै सरकारको ध्याकर्षण गराए।
काठमाडौं, जेठ ३१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियाले किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन सरकारसँग मागका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रमुख सचेतक परियारले सरकार मलको अभाव छैन भन्ने, तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको भन्दै सरकारको ध्याकर्षण गराए।
‘सरकार मलको अभाव छैन भन्छतर, भक्तपुरका किसानहरू १० किलोभन्दा मल पाउँदैनन्। भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ,’ उलने भने, ‘तर, सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन। कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन्।’
कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गर्नसरकारको गम्भीर ध्यानाकर्षण गराए।
प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार