Kathmandu Press

थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी छन्।
थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु

मनाङ, जेठ ३१ : मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्