Kathmandu Press

‘सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन’

प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्ट्याइएको र १५ करोड साधारण खर्च रहेको बताउँदै उनले प्राधिकरणले उक्त बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको बताए।
‘सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन’

काठमाडौं, जेठ ३१ : एमाले सांसद योगेश भट्टराईले सरकारले गरेको विपद् पूर्वतयारी सन्तोषजनक नभएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बजेट नपुगेको बताए।

Hardik ivf

प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्ट्याइएको र १५ करोड साधारण खर्च रहेको बताउँदै उनले प्राधिकरणले उक्त बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको बताए।

विपद् उद्धारका निम्ति दक्ष जनशक्ति र पर्याप्त साधनस्रोत पनि नरहेको उनले बताए। उनले भने, ‘हामीसँग दक्ष जनशक्ति छैन, हामीसँग आधुनिक साधनहरू छैनन्। जसले समयमै उद्धार हुन सक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौं। सरकारले गर्न सकिरहेको छैन।’

भूकम्पबाहेक बाढीपहिरो, चट्याङजस्ता प्राकृतिक विपत्तिबाट हरेक वर्ष ५ सय मानिसको मृत्यु हुने गरेको भन्दै उनले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।

जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने, त्यसको असर आममानिसमा परिरहेको उनले उल्लेख गरे।

प्रकाशित मिति: १२:११ बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्