Kathmandu Press

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल

चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन्। उनले ३८० मत प्राप्त गरे।
एमाले काभ्रेको अध्यक्षमा भुर्तेल

काभ्रे, जेठ ३१ : नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन्।

चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन्। उनले ३८० मत प्राप्त गरे।

 उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जीतकार र सूर्यमाया दनुवार निर्वाचित भएका छन्।

मतदानमा ६७९ जना सहभागी भएका थिए। धुलिखेलमा भएको अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए।

जिल्ला कमिटीमा पाँच पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८०, समावेशीतर्फ १३ र खुलामा सात सदस्य गरी १०५ जना निर्वाचित भएका छन् 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्