कुवेत आगलागीमा मृत्यु हुने ४९ मध्ये ४२ जना भारतीयभएको पुष्टि
उनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको बताएको छ। आफ्ना नागरिकको अवस्था बुझ्न भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह कुवेत जाने बताइएको छ।
कुवेत सिटी, जेठ ३१ : कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा बुधबार भएको आगलागी परी ४९ जनाको मृत्यु भएको छ।
मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन्। मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि बताइएको छ।
उनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको बताएको छ। आफ्ना नागरिकको अवस्था बुझ्न भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह कुवेत जाने बताइएको छ।
त्यहाँ नेपाली कामदारहरु पनि थिए। आगलागीमा परी ५ जना नेपालीहरु घाइते बताइएको छ।
सो भवनलाई एक स्थानीय कम्पनीले श्रमिक क्याम्पको रुपमा प्रयोग गर्दै आएको थियो। त्यहाँ करिब २ सय प्रवासी कामदारहरुलाई राखिएको थियो।
प्रकाशित मिति: १०:५२ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
