Kathmandu Press

प्रतिनिधि सभा बैठक आजपनि, यस्ता छन् कार्यसूची 

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । 
प्रतिनिधि सभा बैठक आजपनि, यस्ता छन् कार्यसूची 

काठमाडौं, जेठ ३२ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेसंघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।  

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या गरी तीन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । 

Hardik ivf

सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै छन् । 

सांसद डा. अमरेश कुमार सिंहले पनि “विनियोजन विधेयक, २०८१ अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव सदनमा प्रस्तुत गर्दैछन् । 

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले ‘‘विनियोजन विधेयक, २०८१ अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव राख्दा सांसद विना लामाले पनि “विनियोजन विधेयक, २०८१ अन्र्तगत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् ’’भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दैछिन् । 
कांग्रेस सांसद कान्तिका सेजुवालले “विनियोजन विधेयक, २०८१ अन्र्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्“ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले उल्लेख गरेको छ । 

यसैगरी, राप्रपा सांसद ज्ञान बहादुर शाहीले “विनियोजन विधेयक, २०८१ अन्र्तगत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव सदनमा राख्दा सांसद सांसद रोसन कार्की र शान्ती वि.क.ले पनि ‘‘विनियोजन विधेयक २०८१ अन्र्तगत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

प्रकाशित मिति: ०८:४० बजे, बिहीबार, जेठ ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्