रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु
दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
काठमाडौं, जेठ ३१ : रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा बुधबार राति साढे ८ बजे कार दुर्घना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा बुटवल १० बस्ने स्याङ्जा पुतलीबजारका ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दुर्घटनामा दुईजना घाइते भएका छन् । बुटवल उपमहानरपालिका ९ बस्ने चन्दा श्रेष्ठ र सोही ठाउँ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका छन् । घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोटबाट बेलबासतर्फ आउँदै गरेको कार दुर्घटनामा उक्त हताहत भएको हो । लु २ च ८५३१ नम्बरको कार कार अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति: ०८:२३ बजे, बिहीबार, जेठ ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












