Kathmandu Press

‘स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन सकेन’

उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको बताए।
‘स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन सकेन’
फाइल तस्बिर।

काठमाडौं, जेठ ३० : नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताएका छन्।

आज ललितपुरको महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको बताए।

Hardik ivf

‘छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन,’ उनले भने।

महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको जिकिर गरे। विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उनको जोड थियो। 

प्रकाशित मिति: २०:०३ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्