प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीविच भेट
भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमण, बजेटलगायत समसामयिक बिषयमा छलफल भएको जनाइएको छ।
काठमाडौं, जेठ ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बुधबार अपराह्न सिंहदरबारमा भेटवार्ता भएको हाे। भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमण, बजेटलगायत समसामयिक बिषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्रीसँगको भेटपछि एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै छलफल राम्रो भएको बताए।
प्रकाशित मिति: १९:४६ बजे, बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












