Kathmandu Press

बाबुरामको गुनासो– दलालको ट्याग भिराइयो

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर आफूले सुरु गरेकाले भारतीय दलाल भन्ने गरेको आरोप लागेको भन्दै असन्तुष्टि जनाए।
बाबुरामको गुनासो– दलालको ट्याग भिराइयो

काठमाडौं, जेठ ३० : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन्।

सत्ताका लागि लम्पसार नपरेर अंग्रेजको पालादेखिका सन्धि, सम्झौता समयानुकूल बनाउन लागेकै कारण आफूलाई भारतीय दलालको ट्याग मिलेको भन्दै उनले गुनासो गरे।

Hardik ivf

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतसँगको समस्या समाधान गरौं भन्नेर लागेको आफूलाई दलाल देख्ने तर, कुर्सीका लागि भारतसँग लम्पसार पर्नेहरुलाई राष्ट्रवादी देख्ने भएकै कारण देश बन्न नसकेको चर्चा गरे।

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर आफूले सुरु गरेकाले भारतीय दलाल भन्ने गरेको आरोप लागेको भन्दै असन्तुष्टि जनाए।

‘भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन्, प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने त मैले नै सुरु गरेको हो । र, अहिले त्यो हरायो । उल्टो मलाई नै भारतीय दलाल भयो भन्न थाले,’ उनले भने, ‘जसले प्रबुद्ध समूह बनाएर भारतसँग कूटनीतिक वार्ता गरेर यो समस्या हल गरौं र खुला सिमाना असमान सन्धि, सम्झौता अंग्रेजका पालादेखि भए त्यसलाई समयानुकूल बनाऔं भन्ने चाहिँ दलाल, जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहिँ राष्ट्रवादी भएपछि यो देश बन्छ?’

पहिले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले बीपी कोइरालाको समर्थन गरेको तर उनले राजालाई मान्न थालेपछि उनको साथ छाडेको भट्टराईले उल्लेख गरे।

राजतन्त्र अन्त्य गर्न आफू कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको स्पष्ट पारे। तर, उनले सत्ता नपाएरै आफूले नयाँ शक्ति हुँदै वैकल्पिक निर्माण कुनै लहड र सत्ता नपाएको रिसमा नबनाएको चर्चा गरे।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्