Kathmandu Press

हुरीले उडाएको विद्यालयको छानो शिक्षिकाले मर्मत गरे

हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेको विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन्।
हुरीले उडाएको विद्यालयको छानो शिक्षिकाले मर्मत गरे

तनहुँ, जेठ ३० : तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्।

जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन्।

Hardik ivf

हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेको विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन्। विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो। दुवै भवन जीर्ण अवस्थामा रहेका उनले बताइन्।

छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताइन्। उनका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन्।

छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थाल्नुभएको उनको भनाइ छ।

प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो। पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनले बताइन्।

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्