Kathmandu Press

‘कांग्रेस सरकारमा जान मरिहत्ते गर्दैन’

‘हामी विपक्षमा नै बस्ने हो। सरकारमा जाने कुनै सोच छैन। अन्य दलजस्तो हामीलाई हतारो छैन,’ उनले भने, ‘आउने भए त्यसै आउँछ । कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन।’
‘कांग्रेस सरकारमा जान मरिहत्ते गर्दैन’

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा जान मरिहत्ते नगर्ने बताएका छन्।

नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको बताए।

‘हामी विपक्षमा नै बस्ने हो। सरकारमा जाने कुनै सोच छैन। अन्य दलजस्तो हामीलाई हतारो छैन,’ उनले भने, ‘आउने भए त्यसै आउँछ । कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन।’

Hardik ivf

यस्तै, उनले राजनीतिमा अपराधिकरण बढेको बताएका छन्।

‘राजनीतिमा अपराधिकरण बढेको छ। सहकारी क्षेत्रमा मात्र होइन अन्य क्षेत्र पनि अपराधिकरण छ,’ नेता कोइरालाले भने, ‘अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन् । दल फुटाउन सक्रिय छन् । यस्ता अपराधिकरण थुप्रै बढीरहेको छ।’
 
देशको राजनीतिक तरल अवस्थामा रहेको उल्लेख गर्दै आठ तहका सरकारसरकार डेढ वर्षमा २३ पटक परिवर्तन हुनु दुर्भाग्यपूर्ण भएकाले दलहरुले गम्भीर भएर अघि बढ्नुपर्ने उनले बताए।

राजनीति र सरकारको स्थीरता बिना आर्थिक विकास र शुसासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्ने उनको जोड थियो।

नेपाल दुई ठूला देशको विचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको धारणा थियो।

साथै उनले नेपाल बैंक लिमिटेड राजनीति र व्यवस्थापकिय कमजोरीका कारण केही समस्या आएको भएपनि नेपालमा ठूला ब्यापारीहरुका लागि व्यवसायीक अभिबृद्धिका लागि ठूलो भूमिका निर्वाह गरेको उल्लेख गरे।

उनले बैंकको भूमिकाको प्रशंसा गर्दै भविष्य उज्वल रहेको औंल्याए।

प्रकाशित मिति: १६:२२ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्