Kathmandu Press

रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सीके राउत तयार

उनले आन्दोलनको नेतृत्व गर्न गृहमन्त्रीलाई आग्रह गर्दै भने,‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामा हामीहरु सहमत नै छौं । एक किसिमले यो नै निकास हो भनेर मान्छौ पनि तर, अगाडि जाने बाटो के छ ? यो कुरा सरकारले गर्दिन्छ त ? गर्दैन।’
रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सीके राउत तयार
फाइल तस्बिर।

काठमाडौं, जेठ ३० : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने बताए।

उनले आन्दोलनको नेतृत्वको गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गर्दै प्रधानमन्त्री बनाउने आश्वासन दिए।

बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी(नेसपा)को स्थापना दिवस कार्यक्रममा अध्यक्ष राउतले साना दलको संसदमा दुई तिहाई नपुग्ने र ठूला दलले प्रणाली परिवर्तन गर्न नचाहने हुँदा प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्रीको लागि सडकबाट संघर्ष गर्नुको विकल्प नभएको धारणा राखे।

Hardik ivf

उनले आन्दोलनको नेतृत्व गर्न गृहमन्त्रीलाई आग्रह गर्दै भने,‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डामा हामीहरु सहमत नै छौं । एक किसिमले यो नै निकास हो भनेर मान्छौ पनि तर, अगाडि जाने बाटो के छ ? यो कुरा सरकारले गर्दिन्छ त ? गर्दैन।’

राउतले भारतमा जवाहरलाल नेहरुले प्रधानमन्त्री नहुँदासम्म आन्दोलन गर्ने अधिकार हुन्छ भनेर बोलेको  तर प्रधानमन्त्री भैसकेपछि हामी सत्तामा आइसक्यौं किन आन्दोलन गर्नुपर्यो भन्न थालेको उदाहरण दिए।

‘यो एजेण्डा माओवादीकै हो तर, सत्तामा पुगिसकेपछि माओवादीले आफैं प्रधानमन्त्री बनाउने ठाउँमा छौं भन्नुहुन्छ, दुई चार जनालाई प्रधानमनत्री बनाउने हाम्रो हातमा भएपछि जनताको हातमा अधिकार किन दिने ?,’ उनले भने, ‘जनताले भोली बालेन जस्तो मान्छेलाई ल्याइदियो भने हामीले के गर्ने भनेर उहाँहरु तयार हुनुहुन्न अहिले।’

सरकारले प्रणाली परिवर्तन नगर्ने, संसदबाट साना दलले दुई तिहाई पुर्याउन नसक्ने उल्लेख गरे।

‘हामी जतिसुकै छट्पटाए पनि उसकै निर्वाचन आयोग छ, उसकै अख्तियार छ। उसकै संवैधानिक निकायहरु छ। सबैतिर सञ्जाल भएपछि उनीहरुकै निर्वाचन प्रणालीबाट संसदमा दुई तिहाई पुर्याउन सक्दैनौ,’ उनले भने, ‘कुनै पार्टीले दुई तिहाई पुर्यायो भने पनि निर्वाचन आयोगमा उजुरी हालेपछि त्यो पार्टी फुट्छ। जनमत पार्टीले आयोगमा कारबाहीको पत्र दिँदा दुई महिनासम्म पत्र हेर्ने फुर्सद नभएको निर्वाचन आयोगले २४ घण्टाभित्र पार्टी फुटाइदियो। यो प्रणाली हुँदासम्म संसदबाट अगाडि जान सक्दैनौ ।’

सरकार र सदन परिवर्तनको मोर्चा बन्न नसक्ने बताएका राउतले नयाँ शक्तिहरु, नागरिक समाज मिलेर सडकबाटै प्रणाली परिवर्तनको तयारी गर्नुपर्ने बताए।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्