Kathmandu Press

एकै पटक १७ जना उपसचिवको सरुवा

शिक्षा विकास तथा समन्वय इकाई, इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा, लुम्बनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यरत उपसचिव तारा ज्ञवालीलाई मन्त्रालयमै फिर्ता ल्याएर अतिरिक्त समूहमा राखिएको छ।
एकै पटक १७ जना उपसचिवको सरुवा

काठमाडौं, जेठ ३० : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ जना उपसचिवहरूको सरुवा गरेको छ।

मन्त्रालयको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव टेकबहादुर अर्याललाई अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका उपसचिव वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका उपसचिव रामकृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ।

Hardik ivf

यस्तै, सामान्य प्रशासन मन्त्रालयबाट मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत मनोज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालयका उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा, उपसचिव लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय सरुवा गरिएको छ।

रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गतका उपसचिव दिपक ढकाललाई सामान्य प्रशासन मन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राजु खनाललाई सामान्य प्रशासन मन्त्रालयमा, जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गतका सिनियर डिभिजनल केमिष्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाई, इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा, लुम्बनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यरत उपसचिव तारा ज्ञवालीलाई मन्त्रालयमै फिर्ता ल्याएर अतिरिक्त समूहमा राखिएको छ। 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्