बाबुराम भट्टराईलाई गल्ती सच्याउन प्रभु साहको आग्रह
प्रचण्डसँग पुरै साँठगाठ गरेर जसरी पनि तपाईं यो संविधान बनाउँदै हुनुहुन्थ्यो त्यो नेपाली जनताप्रति धोका तथा जनआन्दोलन र जनयुद्धप्रति गद्दारी भएको बताए।
काठमाडौं, जेठ ३० : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई विगतका गल्तीबाट पाठ सिकेर त्यसलाई सच्चाउन तत्पर हुन सुझाव दिएका छन्।
बुधबार काठमाडौंमा नेसपाको स्थापना दिवस कार्यक्रममा अध्यक्ष साहले अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न सक्ने सम्भावना भएका नेता डा. भट्टराई भएको उल्लेख गर्दै उनले गल्ती सच्चाउन तत्पर हुनुपर्ने बताए।
साहले संघीयताबारे भट्टराईले व्यवस्था राम्रो भएको तर शासकका कारण देश र जनताको अवस्था खराब बनेको भन्ने दुईअर्थी कुरा नगरेर स्पष्ट रुपमा बोल्न सक्नुपर्ने बताए। साहले आफ्नो एजेण्डा भ्रम छर्ने गरी भन्दा पनि प्रष्टसँग राखेर अगाडि बढ्नुपर्ने बताए।
‘तपाईंले राष्ट्रियता जनतन्त्र, जनजिवीकाको कुरा उठाउनुभयो, आज राष्ट्रियताको स्थिति के छ, जनतन्त्र र जनजिवीकाको स्थिति के छ ? तपाईंले निधक्क भएर भन्न सक्नुपर्छ,’ उलने भने चपाएर कुरा गरेर जनतालाई ढाँटेको जस्तो भैरहेको छ। जे छ त्यही प्रष्ट रुपमा भन्नुभयोभने गाडि अगाडी गुड्छ, त्यसलाई चपाउन थाल्नुभयो भने अबरोध हुन्छ।’
उनले भट्टराई भनेको एउटा सम्भावना बोकेको व्यक्तित्व भएको बताउँदै अझै पनि समाजको आवश्यकतालाई पूरा गर्न योग्य भएको उल्लेख गरे।
‘संविधान सभालाई सम्झिएको छु। माओवादीले मलाई कारबाही गर्दा मस्यौदा समितिबाट राजिनामा दिँदा तपाईं पनि हुनुहुन्थ्यो। तपाईं संवैधानिक समितिको सभापति हुनुहुन्थ्यो मैले त्यतिबेला लिएको स्ट्याण्डमा तपाईंको साथ पाउँछु भन्ने अपेक्षा गरेको थिए,’ उनले भने ।
प्रचण्डसँग पुरै साँठगाठ गरेर जसरी पनि तपाईं यो संविधान बनाउँदै हुनुहुन्थ्यो त्यो नेपाली जनताप्रति धोका तथा जनआन्दोलन र जनयुद्धप्रति गद्दारी भएको बताए।
‘हिजोको माओवादी र तपाईं आज आफैंमा उदाहरण हुनुृहुन्नछ । यहाँ बसेका रवि लामिछाने र सिके राउत उदाहरण हुन्। सानो र ठूलोको कुरा होइन सही बाटो हिँड्नुहोस, ठूलो हुन कसैले रोक्न सक्दैन,’ उनले भने, ‘म यो मञ्चबाट भन्छु देशको अहिलेको आवश्यकता वैकल्पिक शक्तिको हो, बद्लाबको हो ।अग्रगामी शक्तिहरुलाई एकीकृत हुन जरुरी छ।’












