Kathmandu Press

‘तीनै तहका सकारले वित्तिय अनुशासन कायम गर्न सकेनन्’

एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शीर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो।
‘तीनै तहका सकारले वित्तिय अनुशासन कायम गर्न सकेनन्’

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा उनले तीनै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताए।

Hardik ivf

एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शीर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो।

‘एउटै शीर्षकबाट खर्च गर्न सकिने बजेटहरु विभिन्न मन्त्रालयबाट विभिन्न शिर्षकहरु बनाएर खर्चहरु बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ,’ उनले भने, ‘त्यसैले कानून मन्त्रालयको सन्दर्भमा बजेटको उपशिर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शिर्षक राखिएको छ।’

उनले पदाधिकारीका अन्य सुविधा, पदाधिकारकिो बैठक, पदाधिकारीको भत्ता लगायतका शीर्षकमा रकम प्रत्येक वर्ष बढाउँदै लगिएको बताए।

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्