जसपा अध्यक्षमा उपेन्द्र यादव निर्विरोध
यादव जसपाको स्थापनादेखि नै अध्यक्षमा रहँदै आएका छन्। महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशमा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।धनुषा, जेठ ३० : जनता समाजवादी पार्टी (जसपा) नेपालको एकता महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित गरेको छ।
यादव जसपाको स्थापनादेखि नै अध्यक्ष रहँदै आएका छन्। महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशमा अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने बताइएको छ। उम्मेदवारको नामावली भने सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: १३:१७ बजे, बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












