जेनेभा पुगे राष्ट्रपति पौडल, यस्तो छ तालिका
राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए।(2)-1718177228.jpg)
काठमाडौं, जेठ ३० : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा पुगेका छन्।
राष्ट्रपति पौडेललाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेका थिए।
मंगलबार साँझ कतारको दोहा पुगेका उनी बुधबार बिहान दोहाबाट जेनेभा प्रस्थान गरेका थिए ।
राष्ट्रपति पौडेलले आज स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
(2)-1718177228.jpg?timestamp=1718178135786)
यस्तै, बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्। भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ०का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन्। संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा जान लागेका हुन्।
(2)-1718177228.jpg?timestamp=1718178144187)
असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रममा उहाँले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ।
उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्ने छन्। सोही दिन उनले जर्मनी ‘ट्रेड एण्ड इनभेष्ट’मा आबद्ध उद्योगी व्यापारीसँग भेट गर्ने कार्यक्रम छ।
राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ।
(2)-1718177228.jpg?timestamp=1718178153463)












