‘सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’
‘सरकारले सरकारी अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस्,’ उनले भने ‘यो काठमाडौं केन्द्रीत अस्पतालको मात्र होइन देशैभरीका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ।’
काठमाडौं, जेठ ३० : नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसनकै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनलेसरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुच पुर्याउनुपर्नेमा जोड दिए। उनले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरुको क्षमता विस्तार गर्नुपर्ने बताए।
‘सरकारले सरकारी अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस्,’ उनले भने ‘यो काठमाडौं केन्द्रीत अस्पतालको मात्र होइन देशैभरीका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ।’
सांसद बर्तौलाले नागरिकले हर्निया, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षैसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको बताए।
‘हाम्रा केन्द्रीय ठूला अस्पतालहरु जहाँ हर्निया, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ,’ उलने भने, ‘नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठूला सबै प्रकृतिका रोगका अप्रेसनका लागि नौ महिना देखि वर्षौसम्म पालो कुर्न पर्ने अवस्था छ,’ उलने भने।