Kathmandu Press

क्यान नेतृत्वमाथि छानबिन गर्न सांसद भीम आचार्यको माग

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले टि–२० विश्वकपका दौरान क्यान नेतृत्वमाथि आर्थिक अनियमितता गरेकोदेखि विभिन्न गलत कार्य गरेको आरोप लागेकाले छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।
क्यान नेतृत्वमाथि छानबिन गर्न सांसद भीम आचार्यको माग

काठमाडौं, जेठ ३० : एमाले सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि  छानविन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले टि–२० विश्वकपका दौरान क्यान नेतृत्वमाथि आर्थिक अनियमितता गरेकोदेखि विभिन्न गलत कार्य गरेको आरोप लागेकाले छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।

सांसद आचार्यले विश्वकप खेल्न अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीलाई क्यान नेतृत्वले होटलमा लगेको, उनीहरुले हस्ताक्षर गरेको बल, व्याट, जर्सी लगायतका सामग्री महंगो मूल्यमा बेचेको, ८० डलर पर्ने टिकट १३५ डलरमा ब्याकमा बेचेको लगायतका विभिन्न आरोपहरु लागिरहेको उल्लेख गर्दै उनले नेतृत्वमाथि लागेको आरोप छानबिन हुनुपर्ने माग गरे।

Hardik ivf

क्यान जस्तो जिम्मेवार निकायबाट त्यस्ता गतिविधि हुनाले नेपालीको शिर निहुरिएको भनाई आचार्यको छ। क्यान नेतृत्वमाथि लागेको आरोपका विषयमा यथाशीघ्र छानबिन गर्न सरकारसँग माग गरे।

‘विश्वकप प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौं खालका गलत कामहरु र आर्थिक अनियमितता भएको गुनासाहरु आइरहेकाले सरकारले यथासिघ्र चाँडो त्यसलाई रोक्नुपर्छ,’ उनल भने।

क्यानले सन्दीप लामिछानेको नाम पन्ध्र सदस्यीय टोलीमा समावेश नगरेकाले नै अमेरिकाले उनलाई भीसा नदिएको बताउँदै उनले क्यान नै विश्वकपमा नेपाललाई हराउन लागेको होकि भन्ने प्रश्न उठेको र शंका लागेको बताए।

उनले नेपाललाई जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो भन्नेमा प्रश्न उठेको बताए। डाक्टरको स्थानमा सपोर्टिङ स्टाफका रुपमा अन्यलाई अमेरिका लगिएको भन्दै उनले आपत्ति जनाए।

‘दश जनाको सपोर्टिङ टोलीमा डाक्टरलाई हटाएर क्यानले एकजना महिलाको नाम राखेर पठाइयो र आइसीसीले त्यसलाई अस्वीकार गर्यो। जसले नेपालीको प्रतिष्ठामा ठूलो आघात पारेको छ। खेलाडीलाई होटलमा उभ्याएर साख बेचेको भन्ने गुनासो आएको छ,’ उलने भने, ‘अवैध रुपमा अमेरिकामा जर्सी लगेर महंगोमा बेचेको, खेलाडीहरुले हस्ताक्षर गरेको ब्याट र टिसर्ट पनि बेचेको भन्ने कुरा आएका छन्। अवैध चन्दा उठाएर त्यसको दूरुपयोग गरेको गुनासो पनि आएको छ । नेपाली टोलीले पाएको ४ सय वटा टिकट र २० वटा भिआइपी पास पनि अवैध ढंगले बिक्री गरेको भन्ने व्यापक गुनासो त्यहाँका नेपालीले गरेका छन्।’

सांसद आचार्यले क्यालने नेतृत्वले नेपाल र नेपालीको बेइज्जत गर्ने काम गरेको, आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको बताए।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्