Kathmandu Press

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढुंगा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।
वर्षाले खाँदबारी–नुम सडकमा क्षति

संखुवासभा, जेठ ३० : कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए। कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढुंगा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएका छन्। वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उहाँले जानकारी दिए।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्